गायिका इन्दिरा जोशीले खुम्बु पुगेर गरिन् सुटुक्कु इन्गेजमेन्ट
गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । उनले खुम्बु पुगेर सुटुक्क इन्गेजमेन्ट गरेकी हुन् । जोशीले आफ्नो प्रेमीलाई औँठी लगाइदिएको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ ।
उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन् । उनले अहिले पनि इन्गेजमेन्ट भएकोबारे सार्वजिनक भनेकी छैनन् ।
उनीहरूको इन्गेजमेन्ट भएको भिडियो भने क्याप्टेन विवेक थापाको टिकटक अकाउन्टमार्फत सार्वजनिक गरिएको छ । थापाले ‘एक्स्कुलुजिभु लेखेर भिडियो सार्वजनिक गरेका छन् ।
८ असोज २०७८, शुक्रवार ०५:४९ बजे प्रकाशित












