सुदूरपश्चिमबाट कति कैदीबन्दीले पाए सजाय मिनाहा ?
सुदूरपश्चिमका विभिन्न कारागारबाट २७ जना कैदीबन्दीको सजाय मिनाहा भएको छ।
संविधान दिवसका अवसरमा कैलाली र कञ्चनपुरसहित पहाडी जिल्लाका विभिन्न कारागारमा कैदी जीवन बिताइरहेका २७ जना कैदीबन्दीको सजाय मिनाहा भएको हो ।
कैलाली कारागारबाट ६ जना, कञ्चनपुरबाट सात जना, डडेल्धुराबाट ६ जना, बझाङबाट चार जना , बतैडीबाट एक जना र अछाम कारागारबाट तीन जना कैदीबन्दीको सजाय मिनाहा गरिएको छ ।
कैलाली कारागारबाट दुई जना भारतीय नागरिकसहित ९ जनाको सजाय मिनाहाका लागि नाम सिफारिस गरिएकोमा ६ जनाको सजाय मिनाह भएको जिल्ला कारागार कैलालीका निमित्त जेलर तथा नासु बिरेन्द्र बहादुर बोहराले बताए ।
कञ्चनपुर कारागारमा रहेका दुई महिला र पाँच पुरुषलाई कैद मिनाहा गरिएको जेलर माया बस्नेत थापाले जानकारी दिइन् ।
बझाङमा कर्तव्य ज्यान मुद्दा लागेका दुई जना र बहुविवाह गरेका दुई जना गरी चार जनालाई कैद सजाय माफी भएको हो ।
यसैगरि बैतडी कारागारबाट कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका मेलौली नगरपालिका एक जनाको सजाय मिनाह मिनाहा भएको हो ।
डडेल्धुरा कारागारबाट बहुबिबाहका दुई र कर्तव्य ज्यानका चार जनाको सजाय मिनाहा भएको हो । अछाम कारागारबाट विभिन्न मुद्दामा सजाय काटिरहेका तीन कैदीबन्दीको सजाय मिनाहा भएको कारागारले जनाएको छ ।
४ असोज २०७८, सोमवार ०८:३५ बजे प्रकाशित































