punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ज्ञानेन्द्रको चौकासँगै नेपालको सय रन पूरा

Chaupati
safha napa

आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको जारी खेलमा नेपालले सय रन पूरा गरेको छ।२७औं ओभरको पहिलो बलमा कप्तान ज्ञानेन्द्र मल्लले चौका प्रहार गर्दै नेपाललाई सय रन पार पुर्याएका हुन्।

२७औं ओभरको समाप्तिमा नेपालले ४ विकेट गुमाएर १०५ रन बनाएको छ।कप्तान ज्ञानेन्द्र ६० बलमा ३ चौकासहित ३६ रन बनाएर खेलिरहेका छन।यस्तै गुलसन झा ५ रन बनाएर उनलाई साथ दिइरहेका छन।

यसअघि १५औं ओभरमा नेपालले मध्यक्रमका ब्याट्सम्यान रोहित पौडेललाई २ रनमै गुमाएको थियो। अमेरिकी बलर इममोरा हेचिकन्सनले पौडेललाई करिमा गोरेको हातबाट क्याच गराएका थिए।

ओमानको अल अमरेत क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले ओपनर आशिफ शेख दोस्रो ओभरको पाँचौ बलमा ठुलो सट खेल्ने क्रममा क्याचआउट भएका थिए। ११ बलको समना गरेका शेखले ३ रन जोडे।

अर्का ओपनर कुशल भुर्तेल ३६ रन बनाएर फर्किएका छन्। ४३ बलको सामना गरेका कुशलले ५ चौका र १ छक्का हाने।

अहिले कप्तान ज्ञानेन्द्र मल्ल ८ र रोहित पौडेल २ रन बनाएर क्रिजमा छन्।नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ।

विक्रम शोबलाई बेन्चमा राख्दै तिव्र गतिका बलर गुलशन झाले डेब्यु गरेका छन्।गुलशनलाई तीव्र गतिका बलर सोमपाल कामीले डेब्यू क्याप दिएका थिए।


१ असोज २०७८, शुक्रवार १८:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु