सुदूरपश्चिका ३० जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशका थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय डोटीका अनु्सार शुक्रवार प्रदेशमा ९ सय ९९ जनाको स्वास्थ्य परिक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएकोहो ।

निर्देशनालयका अुनसार शुक्रबार १ सय ५ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा १७ जना र ८ सय ९४ जननाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४६ हजार ८ सय ७ पुगेकोछ ।

स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत १८ जना संक्रमित कोरोना निकोभएर घर गएका छन् । यो संगै सुदूरपशिचममा कोरोना संक्रमण निको हुनेको संख्या ३६ हजार ७ सय ७४ पुगेकोछ ।

स्वास्थ्य निर्देश्नालयका अनुसार शुक्रबार सुदूरपश्चिममा कोरोनाका काराण मृत्यु हुनेको संख्या शुन्य रहेकोछ । सुदूरपश्चिममा हाल सम्म कोरोनाका कारण ५ सय ८८ जनाको मृत्यु भइसकेकोछ ।

 


१ असोज २०७८, शुक्रवार १८:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु