punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्री भट्ट भन्छन्ः सुदूरपश्चिममा प्रसस्त विकास भयो

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा उल्लेख्य मात्रामा विकास भएको बताएका छन्। जोरायल गाउँपालिका–२ बुडरमा आज मालिका अर्गानिक कृषि तथा पशुपालन फार्मले सञ्चालन गरेको जोरायल मसला प्रशोधन उद्योगको उद्घाटन गर्दै उनले सङ्घीयता आएपछि सुदूरपश्चिमका नौवटै जिल्लामा पर्याप्त विकास भएको र रोकिएका कामले समेत पूर्णता पाएको दाबी गरेका हुन्।

यस्तै मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा हाल विभिन्न उद्योग र कलकारखाना सञ्चालन भएकाले अधिकांश नागरिकले घरैमा रोजगारी पाएको बताएका छन्।

नौवटै जिल्ला सदरमुकामसम्म सडक कालोपत्र गरिएको उनको भनाई छ। युवा उद्यमीलाई प्रदेशमै स्वरोजगार बनाउन प्रदेश सरकारले बिनाधितो सहुलियत ऋण तथा रोजगारमूलक कार्यक्रम दिने योजना बनाएको उनले बताए।

प्रदेश सरकारले सडक सुविधा पु¥याएका कारण जोरायलस्थित छहरा झर्ना, पूर्वीचौकीको बगलेकलगायत पर्यटकीय ठाउँमा पर्यटकको चहलपहल बढ्न थालेको मुख्यमन्त्री भट्टले दाबी गरे। सायल गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र भेलछडासम्म सडक निर्माणको काम अघि बढाइएको उनको भनाई छ। रासस


१ असोज २०७८, शुक्रवार १६:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु