punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमसहित लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

Chaupati
safha napa

आज बेलुका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पानी पार्ने मनसुनी न्यूनचापीय रेखाको प्रभावका कारण बेलुका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने र अरु प्रदेशमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

दिउँसो भने देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा मेघगर्जनसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अरु ठाउँमा पनि बद्ली भएर सामान्य खालको पानी पर्न सक्ने बताए ।

भोलि र पर्सिको मौसम पनि यस्तै रहने उहाँको अनुमान छ । अबको केही दिन लगातार ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना भने नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


३१ भदौ २०७८, बिहीवार ०८:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु