punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरको शुक्लाफाँटामा आज सार्वजनिक बिदा

Chaupati
safha napa

शुक्लाफाँटा नगरपालिकामा आज जिल्ला समन्वय समिति सदस्यको निधनमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।नगरपालिकाको वडा नम्बर ५ बाट सदस्य पदमा निर्वाचित भई जिल्ला समन्वय सदस्य बनेका बलराम पन्तको निधनमा दुःख व्यक्त गर्दै कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको हो।

नगरपालिका मातहतका कार्यालय र शैक्षिक संस्थामा शोक दिवस मानाउने प्रयोजनका लागि बिदा दिने निर्णय गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए।

पन्तको ६२ वर्षको उमेरमा शुक्लाफाँटा–५ गर्जमुनिस्थित आफ्नै निवासमा मङ्गलबार राति निधन भएको हो। उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए।

पन्त विसं २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालीन पिपलाडी गाउँपालिकाको वडा नम्बर ९ को अध्यक्षमा समेत निर्वाचित भएका थिए।रासस

 


३१ भदौ २०७८, बिहीवार ०८:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु