punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पेस्तोलसहित सितापाइलाबाट एक पक्राउ

Chaupati
safha napa

अटोमेटिक पेस्तोलसहित एक पक्राउ परेका छन्।सशस्त्र प्रहरीको विशेष टोलीले सूचनाको आधारमा अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले काठमाडौं–१६ सीतापाइला छाउने मार्गबाट तारकेश्वर नगरपालिका वडा नम्बर ३ जितपुरफेदी बस्ने २४ वर्षीय सोनाम तामाङलाई पक्राउ गरेको बताए।

उनको साथबाट मेड इन जर्मनी लेखिएको अटोमेटिक पेस्तोल र पाँच राउण्ड गोली बरामद गरिएको उनले बताए।उनीमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त स्वयम्भूमा बुझाइएको छ।


३० भदौ २०७८, बुधवार १९:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु