punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस महाधिवेशन : सात जिल्लाको नामावली सार्वजनिक

Chaupati
safha napa

सत्तारुढ नेपाली कांग्रेसले थप सात जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ।केन्द्रीय निर्वाचन समितिले बुधबार काठमाडौंसहित थप सात जिल्लाको नामावली पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको हो।

यससँगै ६४ जिल्लाका कांग्रेस क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक भएको छ।निर्वाचन समितिका सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बर्दिया, मोरङ, बाजुरा, कपिलवस्तु र काठमाडौंको नामावली सार्वजनिक गरिएको जानकारी दिए।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदलले बाँकी २० मध्ये सात जिल्लाको नामावली बुझाएपछि सार्वजनिक गरिएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन अधिकृत

समितिले नामावली सार्वजनिक भएका सातवटै जिल्लाहरुमा निर्वाचन अधिकृत पनि खटाएको छ। समितिले काभ्रेपलाञ्चोकमा राजेन्द्र लामिछाने, सिन्धुपाल्चोकमा छवीरमण निरौला र बर्दियामा लोकबहादुर शाहलाई निर्वाचन अधिकृत तोकेको हो।

यस्तै मोरङमा केदार कार्की, बाजुरामा सन्तोष भण्डारी, कपिलवस्तुमा घनश्याम पन्त र काठमाडौंमा वरिष्ठ अधिवक्ता नरहरि आचार्यलाई निर्वाचन अधिकृत खटाइएको सचिव श्रेष्ठले जानकारी दिए।

कांग्रेसले यसअघि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको क्रियाशील सदस्यता नामावली वेबसाइटमार्फत सार्वजनिक गरेको थियो। त्यसअघि ५६ जिल्लाको नामावली सार्वजनिक गरेर वडा अधिवेशन सुरु गरिएको थियो।

कार्यदलले नामावली बुझाएपछि निर्वाचन समितिले डडेल्धुरामा लोकेन्द्रबहादुर बमलाई निर्वाचन अधिकृत तोकेर वडा अधिवेशन गराएको छ। तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेल्धुरामा सम्पन्न वडा अधिवेशनमा धाँधली भएको दाबी गर्दै स्वीकार नगर्ने अडान राखेको छ।


३० भदौ २०७८, बुधवार १९:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु