punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हेलिकप्टरबाट खाद्यान्न ढुवानी

Chaupati
safha napa

अविरल वर्षापछि गत भदौ १३ मा बाढीपहिरोले क्षतविक्षत दुहु गाउॅपालिकामा हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरिएको छ । बाढीपहिरोले दुहु र व्यास क्षेत्रलाई जोड्ने सडक भत्काएपछि खाद्यान्न हेलिकप्टरमार्फत ढुवानी गरिएको हो ।

दुहुका बाढीपहिरोपीडित परिवारका लागि एक सय क्विन्टल चामल, ३ क्विन्टल दाल, तेल र नुन, ३ हजार ५ सय मिटर खानेपानीको पाइप ढुवानी गरिएको गाउॅपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गृह मन्त्रालयको संयोजनमा सेनाले खाद्यान्न ढुवानी गरेपछि स्थानीयस्तरमा वितरण व्यवस्थित गर्ने प्रयास गरिएको छ । हेलिकप्टरले खाद्यान्न दुहु–२ स्थित गौरीलमाण्डौ माध्यामिक विद्यालयमा पुर्‍याएको र त्यहाँबाट बाढीपहिरो प्रभावित क्षेत्रमा स्थानीयले बोकेर पीडितमाझ पुर्‍याइएको कार्की बताउँछन् ।

दुहुले बाढी प्रभावित क्षेत्रका लागि जिल्ला प्रशासन कार्यालयमार्फत तत्काल हेलिकप्टरबाट खाद्यान्न ढुवानीको माग गरेको थियो । खानेपानी योजनाहरू अवरुद्ध रहेकाले पाइपसमेत हेलिकप्टरबाटै ढुवानी गरिएको हो ।

व्यास र दुहु जोड्ने दार्चुला–टिंकर सडक र मोटरेबल पुल भत्काउँदा यातायात सेवा अवरुद्ध छ । दुहु र महाकाली नगरपालिकामा आएको बाढीपहिरोमा पुरिएर ३ जनाको मृत्यु तथा २ जना मानिस बेपत्ता भएका थिए । २ सय ६५ परिवार घरबारबिहीन भएका थिए ।

दुहुमा मात्रै डेढ सय परिवार विस्थापित भएका छन् । उनीहरू विद्यालय र सामुदायिक भवनमा आश्रय लिइबसेका छन् । यसअघि दुहुले सय क्विन्टल चामल, ५ क्विन्टल दाल, दुई सय लिटर तेल, सय थान टेन्ट तथा तीन हजार मिटर खानेपानीको पाइप खरिद गरेको थियो ।

त्यस्तै, मालघाटको ‘तुइन घटना’ पछि खाद्यान्न अभाव भएका व्यास–२ का माल, कोठेरधार र खाङदाङवासीका लागि पनि सेनाको हेलिकप्टरले खाद्यान्न ढुवानी गरेको छ । ५० क्विन्टल चामल ढुवानी गरिएकोमा ८२ परिवारलाई वितरण गरिएको व्यास गाउॅपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीले जानकारी दिए ।कान्तिपुरबाट


२९ भदौ २०७८, मंगलवार १४:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु