punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सम्झौता गत वर्षकै, काम भर्खरै

Chaupati
safha napa

टीकापुर अस्पतालमा गत आर्थिक वर्षभित्रै अक्सिजन प्लान्ट राख्ने सम्झौता भए पनि अझैसम्म काम पूरा भएको छैन । कोरोनाको दोस्रो लहरका बेला अक्सिजन अभावमा संक्रमितले ज्यान गुमाउनु परेको पीडालाई मध्यनजर गरी टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको पहल गरिएको थियो ।

गत आर्थिक वर्षभित्रै अक्सिजन प्लान्ट स्थापना गर्ने गरी हेल्थ केयर सप्लायर्ससँग सम्झौता भए पनि सप्लायर्सले प्लान्ट स्थापनामा ढिलाइ गरेको हो ।

कोरोना महामारीका कारण आवश्यक उपकरण समयमै ल्याउन नसकिएकोले प्लान्ट स्थापनामा ढिलाइ भएको सप्लायर्सका प्रतिनिधि विमल मिश्रले बताए । ‘प्लान्टका उपकरण चीनबाट आउने हो । विश्वव्यापी माग बढेकोले नेपालमा आउन आउन ढिलाइ भयो,’ उनले भने ।

उपकरण टीकापुर आइपुगेको र अबको केही दिनमा प्लान्ट जडानको काम सकिने अस्पताल प्रशासनले जनाएको छ । उक्त प्लान्टबाट दैनिक करिब ५५ सिलिन्डर अक्सिजन उत्पादन हुने जनाइएको छ । अहिले टीकापुर अस्पतालमा नेपालगञ्जबाट अक्सिजन आपूर्ति गर्ने गरिएको छ ।

टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि प्रदेश सरकारले ८० लाख, टीकापुर नगरपालिकाले २० लाख, जानकी गाउॅपालिका र भजनी नगरपालिकाले १५र१५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

प्लान्ट स्थापनाको रकम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिवले भदौसम्ममा भुक्तानी गरिदिने जानकारी गराएका टीकापुर अस्पतालका डा. रेमकुमार राईले बताए । प्लान्ट स्थापनाको लागि दिइएको म्यादमा काम सम्पन्न हुन नसकेपछि आफूले पाएको अधिकार अनुसार म्याद थप गरेको डा. राईले बताए ।

थप म्यादमा पनि काम पूरा नहुॅदा सुदूरपश्चिम प्रदेश मन्त्रालयमा आफुले जानकारी गराएको र प्रदेश मन्त्रालयमार्फत प्रक्रिया अघि बढेको उनले बताए ।

कोरोना संक्रमित बिरामीको उपचारमा अक्सिजन अत्यावश्यक भए पनि प्लान्ट स्थापनामा सरोकारवालाले उतसारो चासो दिएको देखिँदैन । ‘अब प्लान्ट बनेपछि अक्सिजनका कारण बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था नरहने र बिरामीका आफन्त पनि अक्सिजनका लागि भौतारिनु पर्ने छैन,’ डा.राईले भने ।


२३ भदौ २०७८, बुधवार १४:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु