punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देउवाको गृह जिल्लामा कांग्रेस कार्यकर्ताबीच कुटाकुट

Chaupati
safha napa

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा क्रियाशील सदस्यतालाई लिएर कुटाकुट भएको छ। नामावली सार्वजनिक भएपछि विवाद उत्कर्षमा पुग्दै कार्यकर्ताबीच कुटाकुट भएकोहोछ।

मंगलबार दिउँसो बसेको जिल्ला कार्यसमिति बैठकमा विवाद हुँदा कार्यालयमै कार्यकर्ताबीच कुटाकुट भएको हो। सातौँ जिल्ला अधिवेशनका लागि डडेल्धुरामा खटिएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बैठक पुस्तिकामा हस्ताक्षर नगरेपछि सुरु भएको विवाद अन्ततः कुटाकुटमा परिणत भएको हो।

क्रियाशील सदस्यताको विषयमा छलफल भइरहँदा निर्वाचन अधिकृतले एक पक्षीय साथीहरुलाई दुरासयपूर्ण तरिकाले उस्काउनुका साथै गैरजिम्मेवारी रूपमा अभिव्यक्ति दिएका कारण पार्टी कार्यालयमै झडप भएको कांग्रेस जिल्ला पार्टी सभापति कर्णबहादुर मल्लले बताए।

डडेल्धुरा कांग्रेसमा दुई गुट सक्रिय छन्। जिल्ला सभापति मल्ल र केन्द्रीय सभापति देउवाको गुट छ। सभापति देउवाको गुटमा पूर्वजिल्ला सभापति रघुवर भट्ट, गोविन्द बोहरा, र भीमबहादुर साउदलगायतका नेताहरू छन्। यी दुई समूहबीच बेलाबेलामा पार्टीभित्रको विवाद कुटाकुटसम्म पुग्ने गरेको छ। यसअघि महिला संघको विवाद पनि कुटाकुटमा परिणत भएको थियो।

निर्वाचन अधिकृत तोकिएका बमले केन्द्रीय निर्वाचन समितिको निर्णयअनुसार भदौ २५ गते वडा अधिवेशनको मिति तोकेका छन्। तर, नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भने सातौं जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ। यसले गर्दा कांग्रेस डडेल्धुरामा विवाद तीव्र बनेको छ।

जिल्लामा रहेको सदस्यता विवाद समाधन नहुँदासम्म जिल्लामा अधिवेशन सञ्चालन गर्न नसकिने भन्दै जिल्ला कार्य समितिले अधिवेशनको कार्यलाई स्थगित गरेको सभापति मल्लले बताए। तर, जिल्ला सभापपति मल्ल पक्षले निर्वाचन अधिकृतमाथि अनावश्यक दबाब दिन थालेपछि विवाद सुरु भएको देउवा समूहको तर्क छ।

जिल्ला सभापति मल्ललाई अधिवेशन स्थिगित गर्ने अधिकार नभएको निर्वाचन अधिकृत तोकिएका बमले बताए। जिल्ला सभापतिले घोषणा गरेर अधिवेशन स्थगित नहुने उनको भनाइ छ।

नाम हटाइएपछि चर्किएको विवाद

नेपाली कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्टका अनुसार चार तहबाट प्रमाणित भएकाहरूको नाम हटाइएको छ। जिल्लाबाट केन्द्रमा पठाएको नाम हटाएपछि विवाद चर्किएको हो।

वडा, पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला कार्यसमितिबाट निर्णयसहित अनुमोदन गरिएका ४०० भन्दा बढी सदस्यको नाम हटाइएको जानकारी उनले दिए। उनले जिल्लाबाट सिफारिस गर्दै नगरेकाहरूको नाम क्रियाशील सदस्यको सूचीमा समावेश गरिएको बताए।

कार्यसमितिले २ हजार ५०६ नयाँ सदस्य तथा नवीकरणका लागि पुराना सदस्यको नाम गरेर ५ हजार ८०४ जनाको सूची सिफारिस गरेको थियो। जसमध्ये ४४४ जनाको नाम छानबिन समितिले हटाएर पठाएको छ।

जिल्ला सभापति तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लकी आमा पार्वतीदेवी मल्ल, पूर्वजिल्ला सभापति तथा परशुरामका पूर्वनगर सभापति तारीसिंह बोहरा, त्रिभुवन विश्वविद्यालयका पूर्वस्ववियु सभापति लोकराज भट्ट, जिल्ला कार्यसमिति सदस्य कमला विष्ट, अमरगढी नगरपालिका–९ का सभापति नरबहादुर पाल र कार्यालय सचिव राम विष्ट लगायतको नाम सूचीबाट हटाइएको छ।

आफूहरूले सिफारिस नै नगरेका २८१ नयाँ सदस्यको नाम माथिबाटै राखिएको उपसभापति भट्टले बताए। पार्टीको सातौँ अधिवेशनमा जिल्ला सभापतिका लागि तीनजना आकाक्षी छन्। जसमा भीमबहादुर साउद, करुणाकर भट्ट र हरिप्रसाद भट्ट छन्।


२३ भदौ २०७८, बुधवार १४:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु