punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस अधिवेशन : बैतडीका ७७ वडामा सर्वसम्मत, ७ मा निर्वाचन

Chaupati
safha napa

बैतडीका १० स्थानीय तहका सबै वडामा नेपाली कांग्रेसको अधिवेशन सकिएको छ। सोमबार र मंगलबार दुई दिनमा जिल्लाका सबै ८४ वडामा अधिवेशन भएको हो। तीमध्ये ७७ वटा वडामा सर्वसम्मत र ७ वटा वडामा निर्वाचनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि छनोट गरिएको हो।

निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार मेलौली नगरपालिकाको वडा नं ६ र ७ शिवनाथ गाउँपालिकाको वडा नं ४, दशरथचन्द नगरपालिकाको वडा नं ६ र ८, पाटन नगरपालिकाको वडा नं ७ र सिगास गाउँपालिकाको वडा नं ८ मा निर्वाचन भएको हो। बाँकी वडामा सर्वसम्मत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि छनोट गरिएका छन्।

कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि देशका अधिकांश जिल्लामा भदौ १८ देखि वडा तहको अधिवेशन सुरु भएको थियो। बैतडीमा भने तयारी नपुगेको भन्दै सोमबार वडा तहको अधिवेशन गर्ने निर्णय भएको थियो। तर, सोमबार सबै वडामा सर्वसम्म्मत हुन नसक्दा केही वडामा मंगलबार पनि अधिवेशन भएको निर्वाचन समितिले जनाएको छ।

बैतडीमा कांग्रेसका क्रियाशील सदस्य ६ हजार ६ सय छन्।

मंसिर ९ देखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको कांग्रेसले तल्लो तहको अधिवेशन भदौ १८ देखि कात्तिक १२ गतेसम्म गर्ने जनाएको छ। यसअनुसार भदौ १८ मा वडा अधिवेशन, भदौ २७ मा गाउँरनगर अधिवेशन, असोज १ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन गरिनेछ।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तथा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते गर्ने र प्रदेश अधिवेशन कात्तिक १०–१२ गतेसम्म गर्ने कांग्रेसको कार्यतालिका छ।


२२ भदौ २०७८, मंगलवार १९:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु