punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

क्यान्सर पीडित खड्काको निधन

Chaupati
safha napa

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की क्यान्सर पीडित विद्या खड्काको निधन भएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित खड्काको उपचारका क्रममा शुक्रवार निधन भएको हो।

खड्का फुटबल खेलाडी दिपेश (डेविड) खड्काकी पत्नी तथा फुटबल प्रशिक्षक लालवहादुर खड्काकी बुहारी हुन्। उनको भोलि अन्त्येष्टि हुने परिवारका सदस्यले बताएका छन्। धनगढीको उत्तरवेहडीबाट शवयात्रा सुरु हुनेछ।

साढे दुई वर्ष अगाडिको काठमाडौँमा उपचारका क्रममा खड्कालाई क्यान्सर पुष्टि भएको थियो। उनको एक बर्ष दिल्लीमा उपचार गराइएको थियो। कोरोना भाईरसको महामारीपछि दिल्लीमा पनि उपचारमा असहज भएपछि काठमाडौँ लगिएको थियो।

त्यहाँ राजिव गान्धी अस्पताल दिल्ली र काठमाडौँका डाक्टरलाई सम्पर्क गराएर किमो थेरापी गरिएको थियो। उनी दुर्लभ किसिमको क्यान्सरबाट पीडित थिइन्। मेटास्टेसिस क्यान्सर लागेको हुन सक्ने डाक्टरहरुले अनुमान गरेका थिए।

 


१८ भदौ २०७८, शुक्रवार १७:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु