खनाललाई भेट्न दाहाल डल्लुमा
नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल डल्लु पुगेका छन् । बुधबार बिहान खनाललाई भेट्न दाहाल डल्लु पुगेका हुन् ।
खनालको निवास पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको दाहालको सचिवालयले जनाएको छ । भारतमा मिर्गौला प्रत्यारोपण गरेर खनाल केही दिनअघि मात्र नेपाल फर्किएका थिए ।
१६ भदौ २०७८, बुधवार ०९:४५ बजे प्रकाशित































