punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा कांग्रेसको वडा अधिवेशन भदौ २१ गते हुने

Chaupati
safha napa

नेपाली कांग्रेसले भदौ १८ गते देशभर एकैदिन वडा तहको वडा अधिवेशन गर्ने भनेपनि बैतडीमा भने निर्धारित मितीभन्दा ढिला हुने भएको छ ।

अधिवेशनको लागि आवश्यक तयारी नपुगेको भन्दै २१ गते एकैदिन जिल्लाका सबै वडामा अधिवेशन गर्ने निर्णय भएको नेपाली कांग्रेस बैतडीका सचिव वीरवहादुर विष्टले जानकारी दिए ।

उनले भन्नुभयो,“वडा तहको अधिवेशनका लागि तयारी पुगेको छैन्, केन्द्रमा पनि १८ गर्ने कि २२ गर्ने भन्ने अन्यौल छ, हामीले २१ गते जिल्लाका ८४ वटै वडामा एकैदिन अधिवेशन गर्ने निर्णय गरेका छौं । ”

निर्वाचन अधिकृत पुष्पराज जोशी बैतडी पुगिसकेका भएपनि वडा अधिवेशनका लागि सबै वडामा मतदान अधिकृत नियुक्त गर्न बाँकी रहेको विष्टले बताए । उनले भने ,“मतदान अधिकृत नियुक्त गरेर उनीहरुलाई प्रशिक्षण पनि दिन्छौ, अनि उनीहरुलाई खटाइन्छ ।”

जिल्ला कार्य सम्पादन समितिको बैठकले नै आवश्यक तयारी नपुगेकाले तीन दिन पछि सार्दै २१ गते वडा तहको अधिवेशन गर्ने निर्णय भएको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेले बताए ।

अधिवेशनका लागी जिल्लाका ८४ वटै वडामा मतदान अधिकृत तोक्न बाँकी नै रहेको र नेपाल शिक्षक संघ बैतडीले प्रत्येक वडाका लागी निर्वाचन अधिकृतको नामावली उपलब्ध गराउनेछ ।

संघले वडा निर्वाचन अधिकृतको नामावली उपलब्ध गराए पछि उनीहरुलाई भदौ १७ गते प्रशिक्षण दिईने जनाइएको छ । यसका साथै उनीहरुलाई मतदान सामग्रीहरु समेत उपलब्ध गराईने छ ।

यस्तै क्रियाशिल सदस्यतामा कुनै त्रृटि भएमा सच्याउन पाउने अधिकार वडाका मतदान अधिकृतलाई दिने निर्णय पनि जिल्ला कार्य सम्पादन समितिको बैठकले गरेको छ ।

यसैबीच कांग्रेसले हाल जिल्लाका सबै स्थानीय तहका प्रशिक्षण कार्यक्रम समेत जारी राखेको छ । कांग्रेसको संगठनलाई बलियो बनाउन र नयाँ विधानका बारेमा जानकारी दिन कांग्रेस क्रियाशिल सदस्यहरुलाई प्रशिक्षण कार्यक्रम सञ्चालनमा रहेको हो ।

भदौ ९ गतेदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम जिल्लाका ७ स्थानीय तहमा सम्पन्न भइसकेको छ ।मंसिर ९ गतेदेखि १३ गतेसम्म १४औं महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको नेपाली कांग्रेसले तल्लो तहको अधिवेशन भदौ १८ देखि कात्तिक १२ गतेसम्मा सम्पन्न गर्ने जनाएको छ ।

जसअनुसार भदौ १८ मा वडा अधिवेशन, भदौ २७ मा गाउँ÷नगर अधिवेशन, असोज १ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन गरिनेछ ।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते र एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते सम्पन्न गर्ने र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म गर्ने कांग्रेसको कार्यतालिका रहेको छ ।


१६ भदौ २०७८, बुधवार ०९:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु