punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल र पीएनजीबीचको खेल प्रत्यक्ष प्रसारण हुने

Chaupati
safha napa

नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा पपुवा न्युगिनी (पीएनजी)सँग खेल्ने दुई खेलको प्रत्यक्ष प्रसारण (लाइभ) हुने भएको छ।

मंगलबार नेपाल क्रिकेट संघ (क्यान) र डिस होमबीच प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको क्यानले जनाएको छ।

क्यानले आयोजना गर्ने घरेलु प्रतियोगिताको प्रत्यक्ष प्रसारणको अधिकार खरिद गरिसकेको डिस होमले अब नेपालले ओमानमा खेल्ने पीएनजीसँगका दुई खेलको प्रत्यक्ष प्रसारण गर्नेछ।

सम्झौतामा क्यानका तर्फबाट कोषाध्यक्ष रोशनकुमार सिंह र डिस होमका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्यले हस्ताक्षर गरेका थिए।

नेपालले पीएनजीसँग ५ र ८ सेप्टेम्बरमा खेल्नेछ । यस सिरिजका लागि नेपाली टिम केही दिन अगाडि ओमान पुगिसकेको छ भने पीएनजी पनि मंगलबार ओमान पुगेको छ।

पीएनजीसँग नेपालले खेल्ने दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय दिवा–रात्रि हुनेछ, जुन नेपालले खेल्न लागेको पहिलो दिवा–रात्रि एक दिवसीय अन्तर्राष्ट्रिय खेल हो। पीएनजीसँगको खेलपछि नेपाली टिमले अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्ने तालिका छ।


१६ भदौ २०७८, बुधवार ०९:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु