punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मार्तडी सडक सम्पर्कबाट विच्छेद

Chaupati
safha napa

बाजुरा सदरमुकाम मार्तडी सडक सञ्जालबाट विच्छेद हुँदा अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको अभाव हुनुका साथै मूल्य वृद्धि भएको छ । थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बिरामी सबैभन्दा ठूलो समस्यामा छन् ।

असार पहिलो सातादेखि बाजुरा सडक अवरुद्ध भएको हो । साँफे–मार्तडी सडक खण्डअन्तर्गत बार्जागाडदेखि जडांगासम्मको करिब १७ किलोमिटर खण्ड क्षतविक्षत छ । दर्जनौं ठाउँमा पहिरो खसेका छन् भने ताप्रीसेराको पक्की पुल बगेको छ ।

बल्देदेखि द्वारी क्षेत्रको करिब दुई किलोमिटर सडकमा माथिबाट पहिरो र तलबाट बुढीगंगा नदीले कटान गरेपछि पैदल आवागमन जोखिमपूर्ण छ । बडिमालिका नगर प्रमुख पदमबहादुर बडुवालले भने, ‘सडकको त नामोनिसान नै छैन ।’

सदरमुकामदेखि जिल्लाको पूर्वोत्तर कोल्टी क्षेत्रसम्मको सडक सञ्जाल पनि पूर्ण रूपमा अवरुद्ध छ । यातायात चलेका बेला धनगढीदेखि कोल्टीसम्मको ढुवानी खर्च प्रतिकिलो ९ रुपैयाँ पर्ने गरेकामा हाल २५ रुपैयाँ तिर्नुपर्ने कोल्टीका स्थानीय व्यापारीहरूले बताएका छन् ।

व्यापारी हस्तबहादुर मल्लले भने, ‘कोल्टी क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको हाहाकार छ । ढुवानीका साधन चल्दा मोटा चामल प्रतिकिलो ५२ रुपैयाँ थियो, अहिले ६२ रुपैयाँ पर्छ ।’

अन्य अत्यावश्यक सामग्री नेपालगन्जबाट जहाजमा ढुवानी हुने गरे पनि भाडा अचाक्ली महँगो भएको मल्लले बताए । उनका अनुसार जहाजले प्रतिकिलो ५० देखि ९० रुपैयाँसम्म ढुवानी भाडा लिने गरेको छ ।

लामो समयदेखि सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको अभाव हुनुका साथै मूल्य वृद्धि भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।बुढीगंगा नदीको वारिपारि अम्कोट र पैमा क्षेत्रमा बर्सेनि पहिरो खस्दा नदी नै थुनिने अवस्थामा छ ।


१६ भदौ २०७८, बुधवार ०८:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु