punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘केपी ओली दक्षिणपन्थी भाषमा चुर्लुम्म डुबिसके’

Chaupati
safha napa

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भाषमा डुबिसकेको आरोप लगाएका छन्।

भारतमा उपचारपछि फर्किएका वरिष्ठ नेता झलनाथ खनाललाई स्वागत गर्न विमानस्थल पुगेका नेता नेपालले भने, ‘केपी ओली अध्यक्ष भएपछि पार्टीभित्र गुटबन्दी हावी हुँदै गयो। पार्टी दक्षिणपन्थी भाषमा भासिएको छ।

ओली सुध्रिने अवस्था नभएपछि नयाँ ढंगबाट अगाडि बढ्यौँ। ओलीलाई सुधार्न धेरै प्रयास गरेका थियौँ। तर, सम्भव भएन।’ ओलीले कुर्सीको लागि लोकतन्त्र र संविधानमाथि प्रहार गरेको आरोप लगाए।

अध्यक्ष नेपालले भने, ‘कुर्सी र गुट जोगाउन ओलीले प्रतिनिधि सभा र नेकपा हुँदै एमाले पनि विभाजन गरे। आफ्नो कुर्सी जोगाउन ओलीले षड्यन्त्र र अनेक नाटक रचिरहे। नाटकमा कोही नफस्ने देखिएपछि संसद् र पार्टीबाट निकाल्ने प्रयास गरे। तर, सकेनन्।’

ओलीको प्रतिगमनकारी कदमविरुद्ध लोकतन्त्र र संविधानको रक्षाको लागि लोकतान्त्रिक शक्तिहरूलाई हातेमालो गरेर नयाँ चरणमा पुगेको उनले बताए। नयाँ पार्टी दर्ता भइसकेपछि जिल्ला जिल्लामा २२ गतेसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुको आफ्नो पार्टीमा सनाखत गर्ने लहर चल्ले उनले दाबी गरे।


१४ भदौ २०७८, सोमवार १६:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु