डोटीमा कोरोना खोप लगाएको अढाई घण्टापछि मृत्यु

डोटीमा कोरोना खोप लगाएको अढाइ घण्टापछि एक ६० वर्षीय वृद्धको मृत्यु भएको छ।

पहिलो खोप लगाएको २६ दिनपछि दोस्रो डोज लगाएका जिल्लाको शिखर नगरपालिका वडा नम्बर २ का लालबहादुर बोगटीको मृत्यु भएको हो। बोगटीले सोमबार मुडेगाउँ खोप केन्द्रमा बिहान साढे ८ बजे दोस्रो डोज लगाएका थिए।

खोप लगाएर आफ्नो घर फर्किएर निदाएका उनी बिहान ११ बजे मृत अवस्थामा भेटिएका हुन्। शिखर नगरपालिकाका स्वास्थ्य कार्यालयले भने बोगटीको मृत्यु खोपको कारण नभएको दाबी गरेको छ ।


१४ भदौ २०७८, सोमवार १६:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु