स्वदेश फर्केर झलनाथले भने- मैले नयाँ जीवन पाएँ, सास रहुञ्जेल देशसेवामा लाग्छु

एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भारतको नयाँ दिल्लीमा लामो उपचारपछि स्वदेश फर्किएका छन् । उनले नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो मिर्गौला प्रत्यारोपण गराएका थिए ।

त्रिभुवन विमानस्थलमा खनाललाई पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले स्वागत गरे । त्यसक्रममा आयोजित पत्रकार सम्मेलनमा खनालको लिखित मन्तव्य पढेर सुनाइएको थियो । मन्तव्यमा खनालले आफूले पुनर्जीवन पाएको बताएका छन् ।

‘मेरो शल्यक्रिया शतप्रतिशत सफल भएको छ, मेरो यो नाफाको जीवन हो,’ खनालले भने, ‘उमेरले ७१ वर्ष पार गरिसकेँ, अब सास रहुञ्जेल यो देशको सेवामा समर्पित रहन्छु । ’


१४ भदौ २०७८, सोमवार १६:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु