punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गौरा पर्वको आज तेस्रो दिन : गौरादेवी भित्र्याइदै

Chaupati
safha napa

सामुहिक पर्वको रुपमा मनाइने गौरा पर्वको आज तेस्रो दिन ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउदै छन्। सुदूरपश्चिमको स्थानीय भाषामा भितरीकी गौरा अथवा “ठूली गौरा ”भनिने आजको दिनलाई ब्रतालुहरुले विशेष दिनको रुपमा लिने गरेका छन्।

ब्रतालु महिलाहरुले बिहानै नुवाईधुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ। आज अमुक्ताभरण सप्तमीका दिन ब्रतालु महिलाहरु एक ठाउँमा जमा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन छ ।

ब्रतालु महिलाहरुले धारण गर्ने बिशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ। आजको गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन ब्रतालु महिलाहरुले धारण गर्ने गर्दछन् ।

आज सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी ब्रतालु महिलाहरुले राति मिठोमसिनो खाना खाने चलन छ। गौराको मुख्यदिन भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर महेश्वरसँग विवाह गरी पूजा गर्ने चलन रही आएको छ।


१३ भदौ २०७८, आइतवार ०९:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु