मन्त्री नियुक्त नुहँदै बडूलाई फेसबुकमा बधाइको ओइरो
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडू मन्त्री नियुक्त नहुँदै सामाजिक सञ्जालमा बधाइको ओइरो लागेको छ । शुक्रबार रातिबाट सामाजिक सञ्जाल फेसबुकमा बडूले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाएको भन्दै उनका आफन्त शुभचिन्तकहरुले बधाइ दिएको छन् ।
सामाजिक सञ्जाल फेसबुकमा बधाइ आएपनि नेता बडू मन्त्रीमा नियुक्त भइनसकेको उनका स्वकीय सचिव केशरसिंह भण्डारीले जानकारी दिए । ‘मन्त्रिमण्डल नै विस्तार भएको छैन, मन्त्रिमण्डल विस्तार नभइकनै मन्त्रिमा नियुक्त कसरी हुनुहुन्छ र रु’ उनले भने ।
‘मन्त्री बन्ने सम्भावना रहेको कुराहरु आइरहेका छन तर अहिलेसम्म मन्त्री नियुक्त हुनुभएको छैन् ।’ सामजिक सञ्जालमा एक जनाले बधाइ लेखेपछि सबैले लेखेको उनी निकटस्थ नेताहरुले बताएका छन् ।
दार्चुला घर भएका नेता बडू सामानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य छन् । नेता बडूको नाम मन्त्री बन्ने चर्चामा रहेपनि अहिलेसम्म मन्त्रीमण्डल विस्तार भइसकेको छैन् । मन्त्रीमण्डल बिस्तार भइसकेपछि नेता बडूले जिम्मेवारी पाउने नपाउने कुरा स्पष्ट हुने उनको सचिवालयले जनाएको छ । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको डेढ महिना वितिसक्दा समेत मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन् ।
१२ भदौ २०७८, शनिवार १५:५५ बजे प्रकाशित































