punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बन्यो एकीकृत समाजवादीको हाइकमाण्ड

Chaupati
safha napa

नेकपा एकीकृत समाजवादीले राष्ट्रिय परिषदबाट पदाधिकारी चयन नभएसम्मलाई अन्तरिम हाइ कमाण्ड गठन गरेको छ । साबिक एमालेको स्थायी कमिटीमा रहेका नेताहरुलाई समेटेर हाइ कमाण्ड बनाइएको हो ।

हाइ कमाण्डमा अध्यक्ष माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रमोश हमाल छन् । हमालबाहेक अरु एमालेको स्थायी कमिटीमा थिए ।

एकीकृत समाजवादीको चाँडै राष्ट्रिय भेला हुने र त्यसपछि राष्ट्रिय परिषद् बसेर १७ पदाधिकारीसहित पोलिटव्युरो र स्थायी कमिटी चयन गर्नेछ । सो पार्टीले शेरबहादुर वदेउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ ।

मन्त्रालय बाँडफाँट टुंगिएपछि सरकारमा जाने मन्त्रीहरुको निर्णय हुने स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले बताए ।


११ भदौ २०७८, शुक्रवार १९:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु