समाजवादी प्रेस नेपालको संयोजकमा शम्भु श्रेष्ठ
नेकपा (एकीकृत समाजवादी) सम्बद्ध पत्रकार संगठनको नाम समाजवादी प्रेस नेपाल तय भएको छ। संगठनका नेता विश्वमणि सुवेदीको अध्यक्षतामा बिहीबार सम्पन्न भेलाले संगठनको तदर्थ समितिको संयोजक वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई तोकेको छ।
उनले तत्कालीन प्रेस चौतारीको तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। समितिले दुई साताभित्र राष्ट्रिय भेला आयोजना गरी केन्द्रीय समितिलाई पूर्णता दिने छ।
भेलामा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेताहरु राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, डा। विजय पौडेल, प्रेस चौतारीका पूर्वअध्यक्ष बालकृष्ण चापागाईं, वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सहभागी थिए।
११ भदौ २०७८, शुक्रवार ०९:३९ बजे प्रकाशित































