punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाढीले एक घर बगायो, प्रतिक्षलयमा समेत क्षति

Chaupati
safha napa

कैलालीमा बाढीले एक घर बगाएको छ । जिल्लाको चुरे क्षेत्रमाआएको अविरल बर्षापछि आएको बाढीमा फसेका २ जनाको बिहिबार मध्यराति उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैैलालीका अनुसार गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा बाढी आउँदा काठे पुल, दुर्गा मन्दिरस्थित ४२ वर्षीय गणेशदत्त पाण्डेको इँटाले बनेको टिनले छाएको १ कोठे किराना पसल र काठले बनेको टिनले छाएको प्रतिक्षालय बगाएको छ ।

जिल्लाको शिवगंगा नदी र झिलखोलाबीच भागमा फसेका २ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । गौरीगंगा नगरपालिका–३ कुचैनी बस्ने राजाराम सापकोटा र उनकी बहिनी आरती सापकोटाको उद्धार गरिएको हो ।

घाँस काट्न जाँदा बाढीमा फसेका उनीहरूलाई मध्यराति नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको जनाएको छ ।यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–३, बल्चौरमा घरमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन् ।

इते हुनेमा घरभित्र बसिरहेका ७५ वर्षीय गोपाल चौधरी र उनकी ७२ वर्षीया श्रीमती गौरी चौधरी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । अविरल वर्षाका कारण बिहिबार ८ बजेतिर चौधरीको घरमाथि पहिरो खसेको थियो । पहिरोले घरमा क्षति पुगेको छ ।


११ भदौ २०७८, शुक्रवार ०९:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु