दार्चुला घटनाको छानबिन प्रतिवेदन छिटो सार्वजनिक गर्न निर्देशन

संसदको राज्य व्यवस्था समितिले दार्चुला तुइन घटनाबारेको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

यस्तै उक्त घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिन पनि राज्य व्यवस्था समितिले निर्देशन दिएको छ । घटनाबारे छानविन गर्नका लागि सरकारले गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।

समितिको म्याद तेस्रो पटक थपिँदा पनि प्रतिवेदन सार्वजनिक गरिएको छ । दार्चुलाको व्यास गाउँपालिकाकाका जयसिंह धामी सदरमुकाम खलंगा आउनका लागि तुइनमार्फत महाकाली नदी तर्नेक्रममा खसेर बेपत्ता भएका थिए ।

भारतीय एसएसबीले तुइनको डोरी खोलिदिएका कारण धामी नदीमा बेपत्ता भएको आरोप लागेको छ । यो आरोपपछि सरकारले छानविन समिति गठन गरेको थियो ।

 


१० भदौ २०७८, बिहीवार १३:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु