punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा लागु औषधसहित दुईजना पक्राउ

Chaupati
safha napa

कञ्चनपुर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

भीमदत्त नगरपालिका–६ बसपार्क नजिकै विद्युत कार्यालय अगाडिबाट लागुऔषध खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका(५ का ३३ वर्षीय सुरेन्द्रराज भट्ट र भीमदत्त नगरपालिका–३ का २८ वर्षीय प्रकाश औजी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले बताए ।

उनीहरुको साथबाट ५।०८ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ भने दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


१० भदौ २०७८, बिहीवार १३:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु