punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीको समग्र विकासको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Chaupati
safha napa

बैतडीको समग्र विकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाइएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर कांग्रेसका नेताहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्।

पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालगायतका राष्ट्रिय महत्वका योजनाहरुलाई अघि बढाउन माग गर्दै २९ बुँदे ज्ञापन पत्र बुझाइएको नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपिल केसीले बताए।

ज्ञापन पत्रमा महाकाली करिडोरको काम अघि बढाउनुपर्ने, जिल्लाका दुर्गम ठाउँमा विद्युतीकरण गर्नुपर्ने, जिल्ला अस्पताललाई दुई सय शैयाको अस्पतालमा स्तरोन्नती गर्नुपर्ने, जिल्लाका नगरपालिकाहरूमा कम्तीमा ५० शैया र गाउँपालिकाहरुमा कम्तीमा २५ शैयाको अस्पताल निर्माण कार्य अघि बढाउनुपर्ने माग गरिएको छ।

यस्तै, पुर्चौडी बहुमुखी क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बनाउनुपर्ने, जिल्लाका विभिन्न स्थानमा दाँत र आँखा अस्पताल स्थापना गर्नुपर्ने, गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजलाई त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस बनाउनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ।

जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको विकासका लागि पहल गर्नुपर्ने, जिल्लाका विभिन्न सडकहरूको स्तरोन्नती गर्नुपर्ने, बैतडी र दार्चुलाको सीमा गोकुलेश्वरमा मेडिकल कलेज स्थापना गर्नुपर्ने लगायतका माग गरेका छन्।

कांग्रेस बैतडीका नेताहरुले राखेका मागप्रति आफू सकारात्मक रहेको र सकेसम्म कार्यान्वयन गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएको केसीको भनाइ छ।

ज्ञापन पत्र बुझाउन नेपाली कांग्रेसका महासमिति सदस्य उत्तरबहादुर ऐर, महासमिति सदस्य केशवबहादुर चन्द, सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामी, नेविसंघका जिल्ला अध्यक्ष कपिल केसी लगायतका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

 


५ भदौ २०७८, शनिवार १९:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु