भोली सार्वजनिक बिदा
सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भोली जनैपूर्णिमाको अवसरमा देशभर बिदा दिइएको हो । सरकारले यसअघि नै राजपत्रमा ६ गते बिदा दिने निर्णय प्रकाशन गरिसकेको छ ।
यस्तै मन्त्रिपरिषद् बैठकले देशभरका नेवार समूदायलाई भदौ ७ गते गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि सरकारले गाईजात्राको अवसरमा काठमाडौँ उपत्यकामा मात्रै बिदा दिँदै आएको थियो ।
५ भदौ २०७८, शनिवार १९:३३ बजे प्रकाशित































