कैलालीका एक कोरोना संक्रमित पुरुषको मृत्यु
कैलालीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिकाका ६९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
नेपालगन्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएकोमा एक जना कैलालीका हुन् । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, कैलाली र बाँकेका एक–एक जनाको मृत्यु भएको छ ।
कैलालीको घोडाघोडी नगरपालिकाका ६९ वर्षीय पुरुष र बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ की २४ बर्सिया महिलाको मृत्यु भएको छ ।
यस्तै कैलालीका ६९ वर्षीय पुरुषलाई भदौ ४ गते नेपालगन्ज मेडिकल कलेजमा पीसीआर गरिएको थियो । उनलाई सोही दिन भेरीमा भर्ना गरिएको थियो । उनको शुक्रबार राति साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
कोहलपुरकी २४ बर्सिया महिलाको साउन २० गते कोहलपुरमै पीसीआर गरिएको थियो । साउन २३ गते उनलाई भेरीमा भर्ना गरिएको थियो । उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो ।
कोरोनाबाट अहिलेसम्म बाँके निवासी ३ सय २६ र अन्य जिल्लाबाट उपचार गराउन बाँकेमा आएका ३ सय ९१ जनाको मृत्यु भएको छ ।
५ भदौ २०७८, शनिवार ११:०२ बजे प्रकाशित































