punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजको मौसम : देशभर बदली, तीन प्रदेश ‘भारी वर्षा’ को सम्भावन

Chaupati
safha napa

मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसमविद् सजिना शाक्यका अनुसार अहिले प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसोपछि प्रदेश १, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको शाक्यले जानकारी दिइन् ।

आज राति प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रदेशको एक रदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । अबको केही दिनसम्म ठाउँठाउँमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आह्वान गरेका छन् ।


५ भदौ २०७८, शनिवार १०:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु