punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरबाट ४ लाख बराबरको रुद्राक्ष माला बरामद

Chaupati
safha napa

कञ्चनपुरमा सशस्त्र प्रहरीले चार लाख बराबरको रुद्राक्षको माला बरामद गरेको छ । भन्सार छली गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट डोके बजारले माला बरामद गरेको हो ।

दुई किलो बराबरका एक हजार आठ सय ६० वटा माला बरामद गरेर आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीले जनाएको छ । ती रुद्राक्षका माला बेवारिसे अवस्थामा फेला परेको सशस्त्र प्रहरीले बताएको छ ।


४ भदौ २०७८, शुक्रवार १८:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु