punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भूतपूर्व गोर्खाहरुको अनसन १३ दिन पछि तोडियो

Chaupati
safha napa

समान पेन्सन लगायतको माग गर्दै १३ दिन देखि बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भुपू गोर्खाहरूको अनसन बिहीबार तोडिएको छ।

बेलायत सरकार र अनसन बसेका भूपु गोर्खा संघर्ष समितिबीच सहमति भएपछि अनसन तोडिएको हो। बेलायतले एक महिनाभित्रमा नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनाल तथा बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टीको उपस्थितिमा जुस पिलाएर अनशन तोडिएको लन्डन न्यूजले जनाएकाे छ। टेन डाउनिङ स्ट्रिटमा ज्ञानराज राई, पुष्पा घले र धन गुरूङले भोक हड्ताल थालेका थिए।

यस्तै आमरण अनसन बसेका भूतपूर्व गोर्खाहरूको सम्बन्धमा आज सर्वोच्च अदालतले नेपाल सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्च अदालतबाट नेपाल सरकारका नाममा तत्काल बेलायत सरकारसँग वार्ता गर्न र आमरण अनसनमा रहेका तीन जना भुपू गोर्खाहरूको जीवन रक्षाका लागि आवश्यक पहल गर्न अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्चद्वारा जारी गरिएको यस निर्णय आन्दोलनकारीहरूका लागि एउटा ठूलो नैतिक जित भएको बताइएको छ।


४ भदौ २०७८, शुक्रवार ०७:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु