punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुला घटना: अझै सुरु भएन प्रतिवेदन लेखन, छानबिन समितिको म्याद फेरि थपियो

Chaupati
safha napa

दार्चुला घटना छानबिन समितिको म्याद ७ दिन थपिएको छ। पहिलो पटक थप भएको समय मंगलबार सकिएको थियो। बुधबारबाट लागू हुने गरी ७ दिन म्याद थप भएको छानबिन समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले बताए।

थपिएको एकसाता भित्रमा प्रतिवेदन बुझाउने गौतमले बताए। बुधबार दिउँसो उनले भने, ‘अहिले म मात्रै आएको हो काठमाडौं। साथीहरु बाहिरै भएकाले प्रतिवेदन लेखन सुरु भएको छैन। तलब खुवाएर साथीहरु काठमाडौं आउनुहुन्छ, अनि प्रतिवेदन लेखन सुरु गर्छौं र बुझाउँछौं।’

१५ गते दार्चुलाको व्याँस गाउँपालिका २ का जयसिंह धामी भारतीय एसएसबीले तुइन खुस्काइदिँदा महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन भन्दै सरकारले गृहमन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी छन्। टोलीले यसअघि घटनास्थल पुगेर स्थलगत अध्ययन गरेको थियो। घटनाका प्रत्यक्षदर्शी र स्थानीयसँग पनि सोधपुछ गरेको थियो।

भारतले ड्रोन उडाउन अनुमति नदिएपछि नेपालतर्फको भागबाट मात्रै ड्रोन उडाएर खोजिएको थियो। तर स्थलगत र ड्रोनबाट खोज्दा पनि जयसिंह फेला पर्न सकेका छैनन्।

 


२ भदौ २०७८, बुधवार १८:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु