सुदूरपश्चिमका ५७ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिम प्रदेशका थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परिक्षणमा ३५ र एन्टिजेन परिक्षणमा २२ गरी ५७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार २ सय ११ जनाको पिसिआर विधिबाट र ८ सय ९४ जनाको एन्टिजने विधिबाट कोरोना परिक्षण गरिएको थियो ।पछिल्लो २४ घण्टामा थपिएका संक्रमित संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण हुनेको कुल संख्या ४५ हजार ८ सय ५२ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालबाट ११ जना संक्रमित निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिममा कोरोना निको हुनेको संख्या ४५ हजार ५७ पुगेको छ ।
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण हाल सम्म ५ सय ८० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणका कराण मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ ।
२ भदौ २०७८, बुधवार १८:३९ बजे प्रकाशित






























