punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले वागमती प्रदेश संसदीय दलको नेतामा शाक्य चयन

Chaupati
safha napa

नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वागमती प्रदेश संसदीय दलको नेता चयन भएकी छन्। मुख्यमन्त्रीसमेत रहेका दलका नेता डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्यलाई नेता चयन गरिएको हो। एमाले वागमती प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले उनलाई दलको नेता चयन गरेको एक सांसदले बताए।

एक सय नौ सदस्यीय प्रदेशसभामा एमाले एक्लैको बहुमत छ। एमालेका ५५ जना प्रदेशसभा सदस्यहरु छन्। वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको तयारी गरेपछि उनलाई कमजोर बनाउने गरी वागमतीमा दलको नेता परिवर्तन गरिएको हो। शाक्य यसअघि नेता नेपालको समूहमा थिइन्।


२ भदौ २०७८, बुधवार १६:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु