सुनको मूल्य बढ्यो, कति पुग्यो आज ?
नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार सय रुपैयाँँ बढ्दै प्रतितोला ८९ हजार दुई सय रुपैयाँ पुगेको छ ।
सुन हिजो प्रतितोला ८८ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय पाँच रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार एक सय ९० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
२ भदौ २०७८, बुधवार १२:३५ बजे प्रकाशित































