punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

साँफेबगरमा ‘तपाईको माक्स खोइ ?’ अभियान सुरु

Chaupati
safha napa

अछामको साँफेबगर नगरपालिकामा ‘तपाईको माक्स खोइ ?’ अभियान संचालन गरिएको छ । घरबाट बाहिर निस्किदा मास्क अनिवार्य गर्दै ईलाका प्रहरी कार्यालय साँफेबगरले ‘तपाईको माक्स खोइ’ अभियान सुरु गरेको हो ।

साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवरलगायत सरोकारवालाको उपस्थितिमा साँफेबगर नगरपालिका बजार क्षेत्रमा जनचेतना बृद्धि गर्ने उदेश्यले ‘तपाईको माक्स खोइ ? अभियान सुरुवात गरिएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।

‘तपाईको माक्स खोइ ?’ जिपपार्क हुँदै आउने जानेलाई सबैलाई माक्स लगाउन आग्रह गरिएको तथा नलगाएकोलाई माक्स वितरण गरिएको छ । सर्बसाधरण, सार्वजनिक तथा निजी सवारी, मोटरसाइकल चालक, व्यापारीलmगायतलाई माक्स बितरण गरिएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख प्रहरी निरीक्षक जोशीले बताए ।

सामुदायिक प्रहरीले साझेदारी कार्यक्रम अन्तर्गत अहिले सबैलाई सचेतता गर्दै आएको फेरि पनि नियमको उल्लंघन गरेमा कार्बाही गरिने उनको भनाई छ । कोरोना संक्रमण बढ्दै जान थालेपछि ‘तपाईको माक्स खोइ ? अभियान सुरुवात गरिएको नगर प्रमुख कुँवरले जानकारी दिए । उनले आफू र अरुलाई बचाउनको लागि सम्पूर्णलाई माक्स लगाउन आग्रह गरे ।


३२ साउन २०७८, सोमवार २१:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु