punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली मालपोत अनलाइन प्रणालीमा

Chaupati
safha napa

कैलाली मालपोत कार्यालयले अब आफ्नो सेवा भूसेवा केन्द्रमार्फत सञ्चालन गर्ने भएको छ ।कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र पर्ने घरजग्गाको काम भूसेवा केन्द्रमार्फत सञ्चालन गर्न लागेको हो ।मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीले भदौ १ गतेदेखि १९ वटा भूसेवा केन्द्रमार्फत अनलाइन सेवा सञ्चालन गरिने बताए ।

सार्वजनिक पहुँच प्रणालीबाट सेवा प्रदान गरिने बताउँदै कार्यालय प्रमुख केसीले सो प्रणालीमार्फत सेवाग्राहीले आफू अनुकूल तरिकाले इन्टरनेटको माध्यमबाट https://public.dolma.gov.np मा गई सहजतापूर्वक घर जग्गा सम्बन्धी कारोबारको लागि अनलाइन फाराम भर्न सकिने तथा कार्यालयबाट अनुमति प्राप्त भूसेवा केन्द्रहरूमा गई लेखापढी कानून व्यवसायीमार्फत आफ्नो कारोबार अनलाइनमार्फत गर्न सकिने जनाए ।

शुरूआती चरणमा लिखत पारित अन्तर्गत राजीनामा, अंशबण्डा, हालैदेखिको बकस पत्र, अंश बुझेको भरपाई, छोडपत्र, दर्ताफारी सेवा दिने भएको छ ।

रोक्कारफुकुवा अन्तर्गत बैंक, वित्तीय संस्था, फाइनान्स तथा सहकारी संस्थाबाट हुने धितो रोक्का, व्यक्तिगत दृष्टि बन्धकी रोक्का र फुकुवा सम्बन्धी कार्य पनि भूसेवा केन्द्रमार्फत गरिने तयारी भएको कार्यालयले जनाएको छ ।तर शुरूआती चरणमा लिखित पारित अन्तर्गतको कारोबारहरू मात्र गरिने प्रमुख केसीले बताए । अन्य कार्यहरू क्रमिक रूपमा थप गरिने उनले बताए ।

भूसेवा केन्द्रमार्फत अनलाइन प्रविधिबाट सेवा प्रदान भएमा कम समयमा प्रभावकारी सेवा प्रवाह हुने बताइएको छ । भूसेवा केन्द्र सञ्चालनपछि लेखापढी कानून व्यवसायीको एकाधिकार र सेवाग्राही लुटिने कार्य पनि बन्द हुने प्रमुख केसीको दाबी छ ।


३२ साउन २०७८, सोमवार १९:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु