punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा सेनाको निगरानीको तयार हुँदै होल्डिङ सेन्टर

Chaupati
safha napa

नेपाली सेनाले कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा स्थायी होल्डिङ सेन्टरको निर्माणलाई तीव्रता दिएको छ।कोरोनाको तेस्रो लहरलगायत मुलुकमा आउनसक्ने महामारी र विपद्का बेला नागरिक व्यवस्थापनका लागि २९ करोडको लागतमा होल्डिङ सेन्टर निर्माण गरिरहेको बताइएको छ।

चालु आवमा नेपाली सेनाले पश्चिमी नाकासहित मुलुकभरमा आठ वटा स्थानमा होल्डिङ सेन्टर बनाउन थालेको छ। यहाँस्थित श्री नं २५ बाहिनी अड्डा भगतपुर व्यारेकका बाहिनीपति सहायक रथी कृष्णबहादुर जिसीले एक हजार श्ययाको होल्डिङ निमार्ण भइररहेको जानकारी दिए।

कोरोनाको पहिलो र दोस्रो लहरमा स्थानीय प्रशासनसँग समन्वय गरेर गड्डाचौकीमा अस्थायी होल्डिङ सेन्टर बनाएर सेवा दिन सक्रिय रहेको सेनाले स्थानीय तहसँग सहकार्य गर्दै आइसोलेसन वार्ड र कोरोना जोखिम न्यूनीकरणका लागि खटिएको थियो।

सेनाले हाल होल्डिङ सेन्टरको ६० प्रतिशत भौतिक प्रगति भइसकेको जनाउँदै सो क्षेत्रमा मेडिकल शय्यासहितको आधुनिक होल्डिङ्ग सेन्टर बन्न लागेको जनाएको छ। “पश्चिमी नाका गड्डाचौकीबाट मुलुकभरका नागरिकको ओहोरदोहोर हुने भएकाले सरकारले यहाँ होल्डिङ सेन्टर बनाउन लागेको हो”, सहायक रथी जिसीले भने, “अब महामारी, विपद्लगायत समस्यामा नागरिकले अलपत्र पर्नुपर्दैन।” कोरोनाको दोस्रो लहरमा गड्डाचौकीमा बनाएको होल्डिङ सेन्टरबाट यात्रुलाई गन्तव्यमा पठाउन र स्वास्थ्य परीक्षणलगायत काममा सहज भएको छ।

होल्डिङ सेन्टर निर्माणको जिम्मा पाएको हनुमान कन्सट्रक्सन प्रालिका कार्यकारी निर्देशक लक्ष्मण सापकोटाले निर्माण कार्य तीव्र रुपमा अघि बढेको जानकारी दिए। “सेन्टरको निर्माणमा सेनाकै प्राविधिक टोली पनि सक्रिय छ”, उनले भने, “यहाँ मेडिकल, शौचालय, खानेपानीलगायत सुविधाको होल्डिङ सेन्टर बनिरहेको छ।”रासस


३१ साउन २०७८, आइतवार २०:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु