सुदूरपश्चिममा ६१ जनामा कोरोना पुष्टि
सुदूरपश्चिमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भने, ३६ जना कोरोना जितेर घर फर्किएका छन्। शुक्रवार प्रदेशभर ९ सय ९५ जनाको नमुना परीक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालमा १ सय ५१ जनाको नमुना परीक्षण गर्दा ४२ जना, महाकाली अस्पतालमा १७ जनाको नमुना परीक्षण गर्दा ६ जना, डडेल्धुरा अस्पतालमा १९ जनाको नमुना परीक्षण गर्दा १ जना र डोटी अस्पतालमा २८ जनाको नमुना परीक्षण गर्दा २ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।
बैतडी अस्पतालमा भने ८ जनाको नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ। प्रदेशभर एन्टिजेन बिधिबाट ७ सय ७२ जनाको नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ।
२९ साउन २०७८, शुक्रवार १८:१६ बजे प्रकाशित































