गरिमाले चुमिन मिस नेपाल नर्थ अमेरिकाको उपाधि

मिस नेपाल नर्थ अमेरिका–२०२१ को उपाधि गरिमा ज्ञवालीले जितेकी छन् । यसअघि पनि नेपालमा विभिन्न सौन्दर्य प्रतियोगिता र गायनमा उत्कृष्ट भएकी गरिमाले यसपटक यो उपाधि चुमेकी हुन् ।

न्युयोर्कमा सम्पन्न यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा सहभागी १८ जना प्रतिस्पर्धीलाई उछिन्दै गरिमाले मिस नेपाल नर्थ अमेरिका २०२१ को उपाधि जितेकी हुन् ।

मिस नेपाल नर्थ अमेरिका–२०२ मा अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली युवतीहरूले प्रतिस्पर्धामा भाग लिएका थिए । सो प्रतियोगितामा फस्टरनर अपको उपाधि यांछेन लामाले हासिल गरेकी छन् । यस्तै शुभेच्छा निरौला सेकेन्ड रनर अप घोषित भएकी छन् ।

यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा सुरजसिंह ठकुरी, बासु फुलारा, मलिना जोशी, सवु गदाल कार्की निर्णायक थिए । नेपाली महिलालाई सशक्त तुल्याउन कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्थाका संस्थापक सभापति सैलेश श्रेष्ठले बताए ।

कार्यत्रममा पूर्वमिस नेपालहरू मलिना जोशी, शृंखला खतिवडा, सदीक्षा श्रेष्ठसमेत सहभागी थिए । विजेता गरिमाले विभिन्न गीत गाउनुका साथै मोडलिङसमेत गरेकी छन् ।


२७ साउन २०७८, बुधवार १६:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु