punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा ८४ करोड रुपैयाँ बजेट फ्रिज

Chaupati
safha napa

बैतडीमा गत आर्थिक वर्षमा ८४ करोड रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ।प्रदेश सरकार र संघीय सरकार मातहतका कार्यालयहरूको गरी यो परिमाणमा बजेट फ्रिज भएको हो।

प्रदेश सरकार मातहतका कार्यालयको ४० करोड ६२ लाख ४० हजार ९८९ रुपैयाँ फ्रिज भएको छ भने संघीय सरकार मातहतका कार्यालयको ४४ करोड ८३ लाख २ हजार १६३ रुपैयाँ फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भानदेव भट्टले जानकारी दिए।

प्रदेश सरकार मातहतका कार्यालहरूको कुल बजेट ३ अर्ब ३० करोड २४ लाख ७६ हजार ८४० मध्ये २ अर्ब ८९ करोड ६२ लाख ३५ हजार ८५१ रुपैयाँ खर्च भएको छ। जसमध्ये ४० करोड ६२ लाख ४० हजार ९८९ रुपैयाँ फ्रिज गएको हो।

यसरी हेर्दा कुल बजेटको १२.३ प्रतिशत बजेट फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

यस्तै, संघीय सरकार मातहतका कार्यालयको ६.८५ प्रतिशत बजेट फ्रिज भएको छ। बैतडीमा संघीय सरकार मातहतका कार्यालयको कुल बजेट ६ अर्ब ५३ करोड ६९ लाख २३ हजार ३६८ मध्ये ६ अर्ब ८ करोड ८६ लाख २१ हजार २०५ रुपैयाँ खर्च भएको छ।

संघीय सरकार मातहतका कार्यालयको ४४ करोड ८३ लाख २ हजार १६३ रुपैयाँ फ्रिज गएको छ।

शतप्रतिशत खर्च गर्ने लक्ष्य भएपनि विभिन्न कारणले त्यसो गर्न नसकिएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

लकडाउनका बेला भिडभाड गर्न नमिल्ने भएकाले केही योजनाको काम पूरा नहुँदा उक्त बजेट फ्रिज गएको हो।

यसैबीच बैतडीमा ४१ करोड १४ लाख ९६ हजार ५४ रुपैयाँ राजश्व संकलन भएको छ। प्रदेश मातहतका कार्यालयले १ करोड ८१ लाख ५२ हजार २१ रुपैयाँ र संघ मातहतका कार्यालयले ३९ करोड ३३ लाख ४४ हजार ३३ रुपैयाँ राजश्व संकलन गरेका हुन्‌।


२७ साउन २०७८, बुधवार १२:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु