भिरबाट लडेर एक जनाको मृत्यु
डोटीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका–२ मा भिरबाट लडेर २८ वर्षीय गणेश ओलीको मृत्यु भएको हो ।
लडेर घाइते भएका ओलीको डोटीमा उपचार सम्भव नभएपछि अन्यत्र लैजाने क्रममा मृत्यु भएको आफन्तले बताएका छन् ।
२७ साउन २०७८, बुधवार १२:१७ बजे प्रकाशित













