punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडी:मुख्य राजमार्गमै पहिरोको जोखिम

Chaupati
safha napa

बैतडी जिल्लासँग जोडिएका मुख्य राजमार्गहरूमा पहिरो जोखिम बढ्दै गएको छ।पानी लगातार परेका कारण महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्गमा पहिरो जोखिम बढेको हो।

यी राजमार्गहरूका ठाउँठाउँमा पहिरो खस्ने गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

दशरथचन्द राजमार्गको अनारखोली–पाटन सडकखण्डको हिरापुर,विप्याकटाल र जयपृथ्वी राजमार्गको खोडपे–वित्थड सडकखण्डको ढोल्यामोड र झौलेक लगायतका स्थानमा पहिरो खस्ने गरेको छ।

यस्तै, महाकाली राजमार्गकोे सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघर,बसाली र ढिकगाडमा पहिरो चल्दा सडक अवरुद्ध हुने गरेको छ।

राजमार्गका विभिन्न ठाउँमा पहिरो दिनहुँजसो सडक अवरुद्ध हुने गरेको चालकहरूले बताएका छन्। धरमघरमा दिनहुँ जसो पहिरो खस्दा सवारी सञ्चालनमा बाधा पुग्ने गरेको जीपचालक शेर कार्कीले बताए।

‘सडक माथिबाट खसेको पहिरोले सडक अवरुद्ध हुने गरेको छ,’ उनले भने, ‘धरमघरको पहिरोका कारण समयमै गन्तव्यमा पुग्न मुस्किल हुन्छ, दिनहुँजसो खसिरहन्छ, निकै सास्ती खेप्नुपरेको छ।’

जिल्लाभित्रै सञ्चालन हुनेमात्रै नभएर लामो दूरीमा सवारीसाधन चलाउने चालकले समेत हैरानी ब्यहोर्नुपरेको ट्रक चालक धनेस जोशीले बताए। उनले भने, ‘खाद्यान्न बोकेर गन्तव्यमा गइरहेको बेला घण्टौंसम्म पहिरोका कारण बीच बाटोमै रोकिनुपर्दछ।’​

राजमार्गहरूमा मोड सुधार कार्यक्रमअन्तर्गत मोड सुधार गरिएका ठाउँमा पहिरो खस्न गरेको सडक डिभिजन कार्यालय पाटन बैतडीका सूचना अधिकारी हरि जोशीले बताए।

उनले भने, ‘मोड सुधार गर्दा जमीन हल्लिएकाले पहिरो खस्ने गरेको हो, पहिरो खसेपनि तत्कालै पन्छ्याउन जेसिबीको व्यवस्था गरेका छौँ।’

वर्षाका कारणले भने तत्काल राजमार्ग पुनः सञ्चालन नहुने समस्या रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए।

नले भने, ‘पहिरो खस्ने सम्भावित ठाउँमा डोजरको व्यवस्था गरिएको छ, तर पनि लगातारको झरीले तत्काल सुचारु गर्न सकिँदैन, पन्छाए पनि फेरि खसिहाल्छ।’

 


२४ साउन २०७८, आइतवार १२:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु