सुदूरपश्चिम रक्त सञ्चार केन्द्र सञ्चालनमा आयो
धनगढी । सुदूरपश्चिम रक्त सञ्चार केन्द्र सञ्चालनमा आएको छ । प्रदेशमै पहिलो पटक अत्याधुनिक रक्त सञ्चार केन्द्र शुक्रबारदेखि सञ्चालनमा आएको हो । रक्त सञ्चार केन्द्रको आज एक कार्यक्रमका बिच उद्घटन गरिएको हो ।
झण्डै ११ करोडको लागतमा रक्त सञ्चार केन्द्र सञ्चालनमा आएपछि प्रदेशमा रगत आपूर्तिमा सहजता हुने विश्वास गरिएको छ। नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले अमेरिकी जनताको सहयोगमा सुदूरपश्चिमकै पहिलो र देशकै दोस्रो ठूलो अत्याधुनिक रक्त सञ्चार केन्द्र सञ्चालनमा आएको हो । अमेरिकी जनताको सहयोगमा झण्डै ११ करोडको लागतमा निर्मित सो केन्द्र नेपाल रेडक्रस सोसाइटी कैलाली शाखालाई हस्तान्तरण गरिएको छ ।
दुई तले भवनमा सञ्चालन भएको रक्त सञ्चार केन्द्रमा विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्ड पूरा गरिएको छ । प्रादेशिक रक्त सञ्चार केन्द्र सञ्चालनमा आएपछि रगत आपूर्तिमा सहजता हुने विश्वास गरिएको छ ।
१ साउन २०७८, शुक्रवार १८:१९ बजे प्रकाशित













