punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महान्यायाधिवक्ताको शपथ : राष्ट्रपतिले अस्वीकार गरिन्, सर्वोच्चमा सपथ

Chaupati
safha napa

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त महान्यायाधीवक्ता खम्मबहादुर खातीको सपथ ग्रहण समारोह शीतल निवासमा आयोजना गर्न अस्वीकार गरेकी छन्। यसअघिको प्रचलन विपरीत राष्ट्रपति भण्डारीले शीतल निवासमा सपथ कार्यक्रम आयोजना गर्द अस्वीकार गरेकी हुन् ।

राष्ट्रपतिले ण्अस्वीकारसँगै खातीले सर्वोच्च अदालतमा सपथ ग्रहण गरेका छन्। महान्यायाधीवक्तालाई प्रधानन्यायाधीशले सपथ खुवाउने व्यवस्था छ।

राष्ट्रपति कार्यालयले प्रधानन्यायाधीशले सपथ खुवाउने भएकाले उतै परिपत्र गरिएको जानकारी खातीलाई दिएको थियो। यसअघि राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायधीशले सपथ खुवाउने गरेको भए पनि यसपटक राष्ट्रपति भण्डारी उपस्थित भइनन्।

यसअघिका सरकारका पालामा नियुक्त दुई महान्यायाधीवक्ता अग्नि खरेल र रमेश बडालले भने राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले राष्ट्रपति कार्यालयमा नै शपथ खुवाएका थिए।

शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दाको भाषालाई लिएर असार २९ गते राष्ट्रपति र प्रधानमन्त्रीबीच असमझदारी उत्पन्न भएको थियो। सोही अनुसार, देउवाको सपथ समारोह अढाइ घण्टा ढिलो भएको थियो।


१ साउन २०७८, शुक्रवार १६:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु