छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको सजाय

आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत बाजुराले जन्मकैदको सजाय सुनाएको छ । जिल्लाको बुढीगंगा नगरपालिकाका एक ६७ वर्षीय पुरुषविरुद्ध आफ्नै छोरीलाई जबरजस्ती करणी र हाडनाता करणी मुद्धा अन्तर्गत जन्मकैद फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।

अदालतले १४ वर्षीया छोरीलाई जबरजस्ती करणी र हाडनाता करणी गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र २१९ (२) बमोजिम जन्मकैद अर्थात २५ वर्ष कैद र ५० हजार नगद जरिवाना तोकेको छ ।

जिल्ला अदालत बाजुरामा २०७७ साउन २२ गते जबरजस्ती करणी र हाडनाता करणी अन्र्तगत मुद्धा दर्ता भएको थियो । बलात्कार गरेपछि बालिकाको पेटमा गर्भ रहेको खुलासा हुँदा घटना बाहिरिएको थियो । कक्षा ६ पढ्दै गरेकी बालिका महिनावारी भएको एक वर्ष पुगेको अवस्थामा भएको बलात्कारबाट उनको पेटमा गर्भ रहेको थियो ।


१ साउन २०७८, शुक्रवार १८:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु