punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा शिक्षक अन्दोलित, सम्झौता कार्यान्वयन गर्न माग

Chaupati
safha napa

पेशागत हकहित तथा शिक्षाको गुणस्तर सुधारका लागि विगतमा गरिएका सम्झौता कार्यान्वयन हुन नसकेको भन्दै सुदूरपश्चिम प्रदेशका शिक्षक आन्दोलित भएका छन्। अहिले शिक्षकहरुले विभिन्न ३४ बुँदे माग राख्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि धर्ना दिएका छन्।

विगतमा शिक्षकहरुका ३० बुदे माग सम्बोधन गर्ने गरी सम्झौता भएपनि कार्यान्वयन नहुदा पुनः आन्दोलित हुनु परेको एकिकृत अखिल नेपाल शिक्षक संगठनका सुदूरपश्चिम इन्चार्ज सुमन कुमार न्यौपाने बताए।

‘पहिलो चरणमा विभिन्न निकायलाई ज्ञापन पत्र बुझाएका छौं,’ उनले भने, ‘हामीसँग भएको सम्झौता कार्यान्वयन नभएपछि मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएका छौं।’ सरकारले आफ्नो आवाज अझै नसुने थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी उनको छ।

नेपाल शिक्षक महासंघको आयोजनामा आन्दोलनका कार्यक्रम भइरहेका छन्। शिक्षकहरुले आफ्ना ३४ बुदे मागमा विद्यालय कर्मचारीको तलव सुविधा, बालविकास शिक्षको तलव सुविधान, शिक्षक बढुवामा देखिएको समस्या समाधान लगायतका मागहरु अघि सारेका छन् ।

 


१ साउन २०७८, शुक्रवार १३:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु